आज कांग्रेसद्धारा राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८१, बिहीबार

आज कांग्रेसद्धारा राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै

काठमाडौं, १६ पुस । आज राष्ट्रिय मेलमिलाप दिवस । नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला ८ वर्ष लामो निर्वासनपछि राष्ट्रियता र प्रजातन्त्रका लागि भारतबाट स्वदेश फर्केको सम्झनामा कांग्रेसले हरेक वर्ष मेलमिलाप दिवस मनाउँदै आएको छ ।

बीपी मेलमिलापको नीति लिएर भारतबाट स्वदेश फर्किएको ४१ बर्ष पूरा भएको छ । वीपीसँगै गणेशमान सिंह, रामबाबु प्रसाई, शैलजा आचार्य, खुमबहादुर खड्कालगायत नेता २०३३ सालको पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नारा लिएर स्वदेश फर्किएका थिए ।

भारतमा पटकपटक अपमानित समेत हुनुपरेको तथा भारतले आफ्नो अनुकुलमा नेपालको राजनीति अघि बढाउन चाहेको ठहर गर्दै वीपी सहितका नेता राजासँग हातेमालो गर्न सकिने तर पराई भूमिमा बस्नु ठीक नहुने निष्कर्ष निकाल्दै स्वदेश फर्किएका थिए । आफ्ना संस्थापक नेताले सुरु गरेको मेलमिलाप दिवसका अवसरमा कांग्रेस र उसका भातृ संस्थाले देशभर विभिन्न कार्यक्रम गर्दै छन् । नेपाल विद्यार्थी संघले काठमाडौंमा गोष्ठी राखेको छ ।

नेपाली कांग्रेसका नेताहरुले मुलुकमा अहिले पनि मेलमिलापको नीति आवश्यक रहेको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);