सुवेदीलाई पराजित गर्दै फर्मास्युटिकल्स एसोसिएशनको अध्यक्षमा पन्त निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

सुवेदीलाई पराजित गर्दै फर्मास्युटिकल्स एसोसिएशनको अध्यक्षमा पन्त निर्वाचित

काठमाडौं, २१ फागुन । नेपाल फर्मास्युटिकल्स एसोसिएशन (एनपिए)को अध्यक्षमा ललितमोहन पन्त विजयी भएका छन्। पन्तले निकटतम प्रतिस्पर्धी डा रोभस कुसुम सुवेदीलाई पराजित गर्दै निर्वाचित भएका हुन्।
निर्वाचन कमिटीले आधिकारिक मत परिणामा सार्वजनिक गर्न भने बाँकी नै छ।

एसोसिएशनको उपाध्यक्षमा अमृत गौरो,देवानन्द साह र महिलातर्फ संगिता विष्ट निर्वाचित भएकी छन्। महासचिवमा सञ्जीव शर्मा कट्टेल, सचिवमा केदार प्रसाद साह र विवेक श्रेष्ठ निर्वाचित हुँदा कोषाध्यक्ष पदमा गोपिना राई निर्वाचित भएकी छन्। त्यस्तै, सह–कोषाध्यक्षमा निर्मल राज मरासैनी र प्रचार सचिव पदमा अनिश श्रेष्ठ निर्वाचित भएका छन्। खुल्ला सदस्यमा श्रृष्टि प्रजापति र मनोज भट्टराई निर्वाचित भएका छन् भने सदस्य महिलामा शौभाग्य डंगोल निर्वाचित भएकी छन्।

१८ सय कुल मतदातामध्ये नयाँ बानेश्वरमा शनिबार भएको निर्वाचनमा ९९२ मत मात्र खसेको जनाइएको छ ।

Leave a Reply