ओलम्पिक कमिटीमा पुनः जीवनराम | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ओलम्पिक कमिटीमा पुनः जीवनराम

jibanram shrestha

काठमाडौं, २९ भदौ । नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा पुन जीवनराम श्रैष्ठ निर्वाचित हुनु भएको छ । शनिबार भएको निर्वाचनमा उहां अध्यक्षमा निर्वाचित हुनु भएको हो । उहांले प्रतिद्धन्द्धी उमेशलाल श्रेष्ठलाई ७ भोटले पराजित गर्नुभएको थियो ।
निर्वाचित श्रेष्ठले १७ मत पाउनु भएको थियो भने प्रतिद्धन्द्धी उमेशलालले १० मत पाउनु भएको थियो ।

यसैगरी महासचिवमा जीवनराम प्यानलकै लिलेन्द्रराज श्रेष्ठ निर्वाचित भएका छन् ।

यसैगरी ५ उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा ज्योती राणा चतुरानन्द राजवैद्य तेजबहादुर गुरुङ सुनिलकुमार श्रेष्ठ र अशोकरत्न बज्राचार्य निर्वाचित भएका छन् । उपाध्यक्षका अन्य प्रतिस्पर्धी समिम मिया अन्सारीले पुष्पदास श्रेष्ठले र राजीव श्रेष्ठले मत पाए ।

उपमहासचिव पदमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतनकुमार टण्डन चुनिएका छन् ।

यसैगरी ३ सचिव पदका लागि भएको निर्वाचनमा दीपकहर्ष बज्राचार्य, तुलसी थापा र रामजीबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । सचिवका अर्का प्रतिस्पर्धी खेलकुद परिषदका निर्वमान सदस्यसचिव केशवकुमार विष्ट भने पराजित भए ।

नेपाल ओलम्पिक कमिटीको ७ सदस्यको लागि भएको निर्वाचनमा रमेशप्रसाद शिवाकोटी प्रकाशशम्सेर राणा गोपालसुन्दर लाल कक्षपति दीर्घबहादुर केसी होमबहादुर दोङ टासी घले र राम अवाले निर्वाचित भए । सदस्य पदका अर्का प्रतिस्पर्धी मनोरञ्जनरमण शर्मा भने पराजित भए । यो समाचार आजको नेपाल समाचारपत्रमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);