जातीय विभेदले निम्त्याएको नरसंहार ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

जातीय विभेदले निम्त्याएको नरसंहार ( भिडियो रिपोर्ट )

बिसंतर शाक्य  \ माउन्टेन टेलिभिजन एचडी।

काठमाडौँ, फाल्गुन २०। बुद्धकालीन समयमा आफूलाई दासीपुत्र भनी अपमान गरेको आक्रोशमा कोशल नरेश विदुदभले नरसंहार गरि कपिलवस्तु राज्यलाई ध्वस्त बनाएका थिए । यो स्थान कपिलवस्तुको सगरहवा अर्थात लम्पुसारमा छ। जहाँ एतिहासिक पोखरी र इनार छ। तर, विडम्बना संरक्षण र प्रचारको अभावमा यो एतिहासिक क्षेत्र झाडी तथा फोहरको डंगुूरमा परिणत भईसकेको छ ।

भगवान बुद्धको जीवन कालमा कोशल राजा प्रसन्नजीतले शाक्यपुत्रीसंग बिहे गर्ने चाहना राखेर कपिलवस्तुमा बिहेको प्रस्ताव पठाए । शाक्यवंशमा आफ्नो रगतको सम्बन्ध अरुसंग राख्नु हुँदैन भन्ने बलियो मान्यता रहेको थियो । शक्तिशाली कोशल राजाको विहेको प्रस्तावले तत्कालीन कविलवस्तुका राजा महानाम धर्मसंकटमा परे । कोशल राजाको प्रस्तावलाई स्वीकार गर्न आफ्नो जात र परम्पराले नदिने, नदिउँ आक्रमण गर्ने डर । राजा महानामले आफ्नो दासीबाट जन्मिएको सुन्दर कन्यालाई आफ्नै छोरी बनाए्र राजा कोशलसंग विहे गराई दिए । यसले आफ्नो जातीय परम्पराको पनि संरक्षण भयो र कोशल राजाको आक्रमण पनि ट¥यो ।
तत्कालका लागि शाक्यवंशले संकट टारे ।

कोशल महारानीले एकपुत्रलाई जन्म दिइन । जसको नाम विददुभ राखिए । राजकुमार विददुभ युवा भएपछि आफ्नो मावली जाने ईच्छा आफ्नो आमालाई बताए । कोशल महारानीले विददुभलाई विभिन्न बहाना गरी रोकिन् । तर विददुभले जाने नै जिद्दि गरेपछि कोशल रानीले कपिलवस्तुमा जानकारी गराए । कोशल युवराज विदुदभलाई कपिलवस्तुमा भब्य स्वागत सत्कार गरे । उनी कपिलवस्तुमा रहुन्जेल नक्कली सम्मान सत्कार गरि राखे । केहीदिनको बसाई पछि आफ्नो राज्य फर्के । बाटोमा आफ्नो तरवार कपिलवस्तु दरवारमा छुटेको चाल पाएपछि सैनिकलाई लिन पठाए । कपिलवस्तु दरवारमा दासीपुत्र विदुदभ बसेको स्थान भन्दै दुधले पखालिदै गाली गरिरहेको दुष्य सैनिकले देखे । सैनिकले युवराज विदुदभलाई यसबारे सुनाए । क्रोधित बनेका विदुदभले आफू जुन स्थानमा बसेको हो त्यो स्थानमा दुधले पखालेको भन्दै रगतले पखाल्ने प्रण गरे । कोशल राजाले पनि आफ्नो रानी दासीपुत्री भएको थाहा पाएपछि अत्यन्तै क्रोधित भएर रानी पदबाट मुक्त गरि दासी र विदुदभलाई दासको दर्जामा राखे ।

भगवान बुद्धले कपिलवस्तुमा युवराज विदुदभ माथि गरेको अन्याय सुनेर कोशलमा पुगी न्याय दिलाए । । पिताको मृत्य भएपछि विदुदभ राजा भए । राजा हुनासाथ कपिलवस्तुमा आक्रमण गरे । कपिलवस्तुमा नरसंहार मच्चाएर उजाड बनाई दिए ।

डा. फुहररले यस स्थानमा ईटाका ठूला संरचना र साना भवनहरु पोखरीको पश्चिम किनारामा फेला पार्नुका सार्थै यसको दक्षिणपुर्वमा १७ वटा साना स्थुपाहरु प्रकाशमा ल्याएका थिए । ती स्थुपाहरु कोशल राजा विदुदभले बुद्ध कै जीनकालमा कपिलवस्तुमा आक्रमण गरि मारिएका शाक्यहरुको स्मरणमा बनाइएको भनी ब्याख्या गरिएको थियो । फुहररले यस ठाउँलाई आम हत्या गरिएको ठाउँमा जसको चिनिया यात्री युयानचाइले सातौं शताद्धिमा भ्रमण गरेको मानेका थिए । हालसम्म यस स्थानमा कुनै पनि अन्वेशषको कामभएको छैन ।संरचनाहरु नष्ट हुनुको साथै झाडी मात्र छ।

सन २०१६ मा उक्त क्षेत्रको सहतमा गरिएको भूभौतिक सर्भेक्षणबाट जमिनमुनी ठूलो ढीकोको वरिपरि ईटका थप संरचनाहरु पहिचान गरिएको थियो जसले यस स्थानमा थुप्रै भवन, मञ्च, स्थुपा भएको संकेतका साथै यो महत्वपूर्ण धार्मिक स्थल भएको जानकारी प्राप्त भएको थियो । यस्तो एतिहासिक स्थलको संरक्षण गर्ने कार्यमा राज्य र सम्बन्धित निकायको ध्यान जाओ्स ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);