पूर्व राजा सपरिवार लखनउमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पूर्व राजा सपरिवार लखनउमा

raja

काठमाडौं, २४ पुष । पुर्वराजा ज्ञानेन्द्र शाह परिवार सहित लखनउ पुग्नुभएको छ। उहाका साथमा पुर्वरानी कोमल, छोरी प्रेरणा, बहिनी शोभा र ज्वाई मोहनबहादुर शाही लखनउ जानुभएको हो। बुहारी हिमानी भने जेठी छोरी पुर्णिकालाई पुर्याउन थाइल्याण्ड जानुभएको कारण यो भ्रमणमा उहाको उपस्थित छैन। भारतसंग सिमाना जोडिएको जमुनियामा भारतबाटै सवारी साधनमा उहाहरू लखनउ जानुभएको हो।

पुर्व राजाको साथमा निजी सचिव सागर तिमल्सिना र संवाद सचिव डाः फणिराज पाठक , निजी सुरक्षा गार्ड सशस्त्रका डिएसपी शिव राउत, शाही अर्दली हस्तबहादुर थापा समेत सहभागि भएका छन्। मध्य र सुदुरपश्चिमाञ्चलमा भ्रमण गर्दा पुर्व राजा चड्ने र सुरक्षामा प्रयोग हुने सबै सवारी साधनलाई नेपालगंज स्थित होटल सोल्टीमा राखेर उहाहरू गोप्य रूपमा लखनउ भ्रमणमा जानुभएको हो। स्रोतका अनुसार लखनउ जान ५ वटा सवारी साधन भारतबाट आएका थिए। ती मध्य तीनवटामा भीआइभी सवारी हुने र २ वटामा लगेज राख्ने रहेको थियो। पुर्व राजको सचिवालयले यो भ्रमणलाई घुमघाम भनेको छ।

स्रोतका अनुसार हिन्दु अधिराज्य र राजा ल्याउन लबिङ गरिरहनुभएका उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्नाथको निमन्त्रणामा उहाहरू भारत भ्रमणमा जानुभएको हो। पुर्व राजाको परिवार उत्तर प्रदेशको राजाधानी लखनउमा चार दिन बस्ने कार्यक्रम रहेको छ।

पुस २८ गते सबै जना नेपालगंज फर्किने कार्यक्रम तय भएको छ। मुख्यमन्त्री हुनु करिब एक वर्ष अघि नेपाल भ्रमणमा आउनुभएका उत्तरप्रदेशका मख्य मन्त्री योगी आदित्यनाथले नेपालमा राजा र हिन्दुधर्म ल्याएरै छाड्ने घोषणा गरेका थिए। पुर्व योजना अनुसार नै पुर्व राजा लखनउ जानुभएको हो। उहाले लखनउमा राजनितिक भेटघाट र मठमन्दीर घुमघाम गर्ने कार्यक्रम रहेको छ। नेपालगंज फर्के लगत्तै पुर्वराजा बर्दियाको ठाकुरद्धारा र सुर्खेतको भ्रमण तय भएको छ। त्यसपछि उहा काठमाडौं फर्किने कार्यक्रम रहेको छ। पुर्व राजालाई भेट्न नेपालगंज पुग्नुभएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले पुर्व राजासंग भेट गर्दा राप्रपा हिन्दुधर्म र राजतन्त्रको पक्षमा ओकालत गर्ने बताएका थिए। काठमाडौं फर्के लगत्तै उहाले पुन राजनितिक भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतको भनाई छ।

काठमाडौं, २४ पुष । पुर्वराजा ज्ञानेन्द्र शाह परिवार सहित लखनउ पुग्नुभएको छ। उहाका साथमा पुर्वरानी कोमल, छोरी प्रेरणा, बहिनी शोभा र ज्वाई मोहनबहादुर शाही लखनउ जानुभएको हो। बुहारी हिमानी भने जेठी छोरी पुर्णिकालाई पुर्याउन थाइल्याण्ड जानुभएको कारण यो भ्रमणमा उहाको उपस्थित छैन। भारतसंग सिमाना जोडिएको जमुनियामा भारतबाटै सवारी साधनमा उहाहरू लखनउ जानुभएको हो। पुर्व राजाको साथमा निजी सचिव सागर तिमल्सिना र संवाद सचिव डाः फणिराज पाठक , निजी सुरक्षा गार्ड सशस्त्रका डिएसपी शिव राउत, शाही अर्दली हस्तबहादुर थापा समेत सहभागि भएका छन्। मध्य र सुदुरपश्चिमाञ्चलमा भ्रमण गर्दा पुर्व राजा चड्ने र सुरक्षामा प्रयोग हुने सबै सवारी साधनलाई नेपालगंज स्थित होटल सोल्टीमा राखेर उहाहरू गोप्य रूपमा लखनउ भ्रमणमा जानुभएको हो। स्रोतका अनुसार लखनउ जान ५ वटा सवारी साधन भारतबाट आएका थिए। ती मध्य तीनवटामा भीआइभी सवारी हुने र २ वटामा लगेज राख्ने रहेको थियो। पुर्व राजको सचिवालयले यो भ्रमणलाई घुमघाम भनेको छ।
स्रोतका अनुसार हिन्दु अधिराज्य र राजा ल्याउन लबिङ गरिरहनुभएका उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्नाथको निमन्त्रणामा उहाहरू भारत भ्रमणमा जानुभएको हो। पुर्व राजाको परिवार उत्तर प्रदेशको राजाधानी लखनउमा चार दिन बस्ने कार्यक्रम रहेको छ।

पुस २८ गते सबै जना नेपालगंज फर्किने कार्यक्रम तय भएको छ। मुख्यमन्त्री हुनु करिब एक वर्ष अघि नेपाल भ्रमणमा आउनुभएका उत्तरप्रदेशका मख्य मन्त्री योगी आदित्यनाथले नेपालमा राजा र हिन्दुधर्म ल्याएरै छाड्ने घोषणा गरेका थिए। पुर्व योजना अनुसार नै पुर्व राजा लखनउ जानुभएको हो। उहाले लखनउमा राजनितिक भेटघाट र मठमन्दीर घुमघाम गर्ने कार्यक्रम रहेको छ। नेपालगंज फर्के लगत्तै पुर्वराजा बर्दियाको ठाकुरद्धारा र सुर्खेतको भ्रमण तय भएको छ। त्यसपछि उहा काठमाडौं फर्किने कार्यक्रम रहेको छ। पुर्व राजालाई भेट्न नेपालगंज पुग्नुभएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले पुर्व राजासंग भेट गर्दा राप्रपा हिन्दुधर्म र राजतन्त्रको पक्षमा ओकालत गर्ने बताएका थिए। काठमाडौं फर्के लगत्तै उहाले पुन राजनितिक भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतको भनाई छ।आजको नेपाल समाचारपत्रमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);