काठमाडौं ,१६ पुस ।आहा, सफा भएछ पशुपतिनाथ क्षेत्र तु शनिबार दर्शनका लागि पुगेका हाँडीगाउँका रामचन्द्र अर्यालले भने । आजको गोरखापत्रमा यो खबर छ ।
ब्रम्हनालपट्टिबाट मन्दिर उक्लिएका उनले मन्दिरका तामाका पाला परबाटै टल्किएको देखेपछि यस्तो प्रतिक्रिया दिए ।
पशुपति दर्शनमा गएका बबरमहलका महेश अधिकारी भन्दै थिए मैले त जुत्ता चप्पल खोल्ने ठाउँदेखि नै सफा भएको महसुस गरेको हो । यी हेर्नुस त मन्दिरका मन्दिर उक्लिेने सिँडीहरु टल्किएका छन् । भुइँमा कतै पनि धुलो या फोहोरका पातपतिगर देखिँदैन ।
साँच्चीकै यतिखेर पशुपतिनाथ क्षेत्रको मुहार फेरिएको छ । बागमती किनारदेखि माथि मन्दिर र कैलश चौरमुुनिको भूभागमा धुलो, फोहोर केही छैन भने साना मठ र संरचनामा पनि निकै चमक आएको छ ।