एपिएफ र आर्मीलाई उपाधि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एपिएफ र आर्मीलाई उपाधि

mahila

पोखरा,१६ पुस। पोखरामा भएको राष्ट्रियस्तरको भलिबल प्रतियोगिताको महिलातर्फ विभागीय टोली एपिएफ र पुरुषतर्फ पनि विभागीय टोली आर्मीले उपाधि हात पारेका छन् ।

पोखरा रंगशालामा शनिबार भएको महिलातर्फको फाइनल खेलमा एपिएफले मध्यमाञ्चललाई २५–१८, २५–१४, २५–१० को सेटमा पराजित गर्द उपाधि हात पारेको छ । त्यस्तै पुरुषतर्फको खेलमा आर्मीले एपिएफलाई २५–१२, २५–२३, २५–१५ को सेटमा पराजित गरेर उपाधि आफ्नो पक्षमा पारेको हो ।

महिलातर्फ नेपाल प्रहरीले पश्चिमाञ्चललाई २५–१५, २५–२१, २५–२१ को सेटमा पराजित गर्दै तेस्रो भयो । त्यस्तै पुरुषतर्फ आयोजक पश्चिमाञ्चलले संघर्षपूर्ण खेलमा नेपाल प्रहरीलाई २५–२२, २०–२५, २१–२५, २५–१६, १८–१६ ले पराजित गर्दै तेस्रो स्थान हात पा¥यो ।

प्रतियोगितामा पुरुषतर्फ आर्मीका मानबहादुर श्रेष्ठ उत्कृष्ट खेलाडी हुँदा महिलातर्फ एपिएफकी सरस्वती चौधरी उत्कृष्ट भइन् । उत्कृष्ट भएका दुवै खेलाडीले जनही १५ हजार रुपैयाँ पुस्कार पाए । प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ५०, ३० र २० हजार रुपैयाँ नगद पुरस्कार पाए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);