काठमाडौँ, १९ फागुन । पूर्वकुमारी समिता बज्राचार्य राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेकी छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र पूर्व अध्यक्ष प्रकाशचन्द्र लोहनीले बज्राचार्यलाई खादा र सदस्यता प्रदान गर्दै पार्टी प्रवेश गराएका हुन् ।
अध्यक्ष लिङदेनले सामाजिक सञ्जालमार्फत पूर्वकुमारीलाई राप्रपामा स्वागत गर्न पाउँदा हर्षित भएको उल्लेख गरेका छन् ।
बज्राचार्य २०६७ देखि २०७१ सालसम्म जीवित देवी कुमारीको रूपमा पुजिएकी थिइन् ।