आजदेखि भक्तपुरमा आर्थिक सम्मेलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आजदेखि भक्तपुरमा आर्थिक सम्मेलन

भक्तपुर । भक्तपुरको देकोचामा रहेकाे ख्वप कलेजमा आइतबारदेखि आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा दोस्राे राष्ट्रिय सम्मेलन सुरु हुँंदैछ । सम्मेलन भाेलि साेमबारसम्म चल्नेछ ।

कलेजका प्राचार्य रुपक जोशीले सम्मेलनको पहिलो दिन दुई वटा टेक्निकल सेसन हुने जनाए । दोस्राे दिन चार वटा टेक्निकल सेसन हुने उनले जनाए । पहिलो र दोस्राे दुवै दिन कि नोट स्पिकर रहने उनले जनाए ।

पहिलो दिन प्राडा पुष्कर बज्राचार्य, प्राडा  ध्रुबकुमार गौतम र डा रामकुमार फुयाँल र दोस्राे दिन प्राडा आरन स्थापित, डा जितेन्द्र डंगोल र नरबहादुर थापा प्लेनरी सेक्सनमा रहने कलेजले जनाएकाे छ ।  सम्मेलनमा ४० जनाभन्दा बढीले कार्यपत्र प्रस्तुति गर्ने छन् । सम्मेलनको उद्घा‍टन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गर्ने कार्यक्रम छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);