श्रोत नखुलेको भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीद्वारा दुई जना नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

श्रोत नखुलेको भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीद्वारा दुई जना नियन्त्रणमा

काठमाडौं । श्रोत नखुलेको ७ लाख २० हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले मोरङ जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित रानी भन्सार ईलाकाबाट फागनु १७ गते दुई जनालाई नियन्त्रणमा लिएको छ ।

भारत घर बताउने ३९ वर्षिय सुरेन्द्र कुमार र ३३ वर्षिय सहनी गुप्तालाई सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीले उक्त रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई गस्तीमा रहेको सशस्त्र प्रहरीले जाँच गर्दा उनीहरुले बोकेको झोलामा फेला परेको उल्लेखित रुपैयाँ श्रोत खुलाउन नसकेपछि सो रुपैयाँसहित नियन्त्रणमा ल्याईएको हो ।

नियन्त्रणमा ल्याईएका दुवै जनालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);