काठमाडौं, १८ फागुन । कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन राष्ट्रिय प्रजातन्त्र पार्टीले फिर्ता लिएको छ । बिहीबार राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी हुन् ।
शाहीले प्रदेश प्रमुख तिलक परियारसमक्ष माओवादीबाट मुख्यमन्त्री बनेका शर्मालाई दिएको समर्थन फिर्ता लिएको बताएकी हुन् । केन्द्रीय सत्ता समिकरण फेरबदल भएसँगै कर्णालीमा पनि राप्रपाले समर्थन फिर्ता लिएको हो ।