रामचन्द्र पौडेल जितेको क्षेत्रमा डा. बाबुराम भट्टराईलाई उम्मेदवार बनाउने तयारी | ईमाउण्टेन समाचार

Our Network

असोज ८ २०८१, मंगलबार

रामचन्द्र पौडेल जितेको क्षेत्रमा डा. बाबुराम भट्टराईलाई उम्मेदवार बनाउने तयारी

Baburam-bhattrai-1

काठमाडौं, १६ फागुन । राष्ट्रपतिमा नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल विजयी भएमा उनको सांसद पद खाली हुनेछ । तनहुँ क्षेत्र नं १ बाट विजयी पौडेलको ठाउँमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई उम्मेदवार बनाउने तयारी भएको छ ।

विश्वस्त स्रोतका अनुसार पौडेललाई उम्मेदवार बनाउने सहमतिसँगै भट्टराईको नाममा पनि भित्री सहमति भएको छ । राष्ट्रपतिका दाबेदार भट्टराई यसकारण पनि पौडेलको समर्थनमा रहेको बुझिएको छ ।

गोरखा क्षेत्र नं २ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चुनाव जिताउन भट्टराईले महत्वपूर्ण भूमिका निभाएका थिए । उनले उक्त चुनावी क्षेत्रबाट तीनपटक चुनाव जितिसकेकोमा यसपटक प्रचण्डलाई सिट छाडेका थिए ।

कुनैबेला एउटै दल माओवादीमा रहेका प्रचण्ड र डा. बाबुराम भट्टराई अलग भएपनि पछिल्लो समय सहकार्य गर्दै आएका छन् । जसका कारण प्रचण्डले राजनीतिक लाभ लिन सकेका छन् । बाबुरामलाई पनि तनहुँबाट चुनावमा सहभागी गराएर प्रचण्डले गुन तिर्न खोजेका छन् ।

तनहुँ १ बाट उम्मेदवारका आकांक्षी नेपाली काँग्रेसका नेता गोविन्द भट्टराईलाई राष्ट्रिय सभामा लगेर मन्त्री समेत बनाउने गरी मिलाउन खोजिएको बुझिएको छ ।-File Photo

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);