देश आर्थिक र भूराजनीतिक भयानक चेपुवामा छ : अध्यक्ष लिङदेन | ईमाउण्टेन समाचार

Our Network

भदौ ७ २०८३, सोमबार

काठमाडौं, १५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारबाट बाहिरिएपछि कर्मचारीले नेताभन्दा नेताले चाहँी कर्मचारी बिगारेको टिप्पणी गरेका छन् । करिब २ महिनाको छोटो समय सरकारमा रहँदाका क्षणहरु स्मरण गर्दै लिङदेनले देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा रहेको बताएका हुन् ।

पुस १० मा नेकपा एमालेसहित सात दलको गठबन्धन बनेसँगै उपप्रधान तथा ऊर्जामन्त्री बनेर पार्टीबाट सरकारको नेतृत्वमा पुगेका लिङ्देनसहित सबै मन्त्रीहरूले राजीनामा दिइसकेका छन्।

सामाजिक सञ्जालमा अध्यक्ष लिङदेनले लेखेका छन्,‘ छोटो समय सरकारमा रहँदाका मेरा बुझाइहरु …..,
● कर्मचारीले नेता भन्दा नेताले कर्मचारी बिगारेको रहेछ।
● देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा छ।
● नागरिक समाज आवश्यकता भन्दा धेरै नकारात्मक रहेछ।
● देश बनाउन नसकीने र नबन्ने रहेनछ।
बनाउन सकिन्छ र बन्छ।’

 

Leave a Reply

ताजा समाचार