यो निर्वाचन मतदाता र देशको भविष्यसँग जोडिएको छ : राजेन्द्र लिङ्देन | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

यो निर्वाचन मतदाता र देशको भविष्यसँग जोडिएको छ : राजेन्द्र लिङ्देन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जारी निर्वाचन मतदाता र देशको भविष्यसँग जोडिएको  बताएका छन् ।  आइतबार गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिका- १ स्थित गोलधाप मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै लिङ्देनले जारी निर्वाचन जनता र देशकाे भविष्यसँग जाेडिएकाे बताएका हुन् ।

अध्यक्ष लिङ्देन झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन् ।  उनलाई नेकपा एमालेले चुनावमा सघाएको छ । नेपाली कांग्रेसका तर्फएबाट उम्मेदवार रहेका कृष्णप्रसाद सिटौला र अध्यक्ष लिङ्देनबीच कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);