काठमाडौं, १५ फागुुन । आगामी फागुन २५ गते देशमा नयाँ राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ । राष्ट्रपति पदका लागि दुुइटा उम्मेदवारी परेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुवै उम्मेदवारविरुद्ध कुनै पनि उजुरी परेको छैन् ।
राष्ट्रपतिका लागि आठ दलिय गठबन्धनको समर्थनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेको तर्फबाट वरिष्ठ उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले गत फागुन १३ गते उम्मेदवारी दर्ता गर्नुभएको छ ।
उम्मेदवारविरुद्ध दाबी बिरोध गर्ने म्याद हिजोसम्म तोकिएको थियो । तर उम्मेदवारविरुद्ध कुनै पनि उजुरी नपरेको हो ।
भोलि फागुन १६गते बिहान १० बजेदेखि ४ बजेसम्म उम्मेदवार फिर्ता लिने समय तोकिएको छ । भोलि नै अन्तिम मतदाता नामावली प्रकाशित हुनेछ ।