विवादबीच कांग्रेसले बुझायो प्रदेश सभा सांसदको नामावली | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

विवादबीच कांग्रेसले बुझायो प्रदेश सभा सांसदको नामावली

काठमाडौं, पुस १५ । कांग्रेसले प्रदेश सभामा समानुपातिकबाट प्रतिनिधित्व गर्ने सांसदको नामावली सार्वजनिक गरेको छ । निर्वाचन आयोगले दिएको अन्तिम समयसिमामा कांग्रेसले प्रदेशसभा तर्फका समानुपातिक सांसद्को नाम तय गरेको हो ।

प्रदेश १ देखि ७ सम्मबाट काँग्रेसले ७२ जनाको नाम निर्वाचन आयोगलाई पठाएको हो। जसअनुसार प्रदेश नम्वर १ बाट १३ जना, २ बाट ११ जना, ३ बाट १४ जना, ४ बाट ९ जना , ५ बाट १२ जना, ६ बाट ५ जना र ७ बाट ८ जनाको नाम निर्वाचन आयोगमा काँग्रेसले पठाएको हो। ७२ जनामा ३५ जना महिलालाई काँग्रेसले प्रदेशमा पठाएको छ।

नाम टुङगो लगाउन नेताहरुबीच लामो छलफल र परामर्श भएको थियो। यसअघी निर्वाचन आयोगलाई पठाएका नामावलीको प्राथमिकताको क्रममा नेताहरुको गम्भिर छलफल भएको थियो। लामो छलफल पछि निर्वाचन आयोगले तोकेको अन्तिम म्यादमा काँग्रेसले आफ्नो नाम पठाउन सकेको हो। अरु दलले बिहिवार र शुक्रवार दिउँसो नाम पठाएका थिए।

कुन प्रदेशबाट को–को भए सिफारिस ?

प्रदेश १ : १३

प्रतापप्रकाश हाङमाङ, विद्यानन्द चौधरी, चन्द्रप्रसाद श्रेष्ठ, लीला सुब्बा, ज्योति सुब्बा, शरदचन्द्र थापा, लोकप्रसाद संग्रौला, सीतादेवी पौडेल, विन्दिया कार्की, नवोदिताकुमारी चौधरी, टेकचन्द्र विश्वास, ओम सराबगी, अनिताकुमारी साबू

प्रदेश २ : ११

शिवचन्द्र चौधरी, ओमप्रकाश शर्मा, सरस्वती चौधरी, गीताकुमारी यादव, मञ्जुकुमारी यादव, असियादेवी थरुनी, प्रमिलादेवी दास, श्यामपरी देवी, नरेशकुमार यादव, शेखररसिद अली, सल्मा खातुन

प्रदेश ३ : १४

मिलन श्रेष्ठ, राजेन्द्र गुरुङ, न्हुच्छेनारायण श्रेष्ठ, शान्तबहादुर प्रजा, राधा घले, जीवन डंगोल, विजया श्रेष्ठ, रजनी जोन्छे, राजाराम कार्की, बलराम पौडेल, भीमसेन खत्री, गीता वाग्ले, बिजुला बर्मा, कल्पना नेपाली

प्रदेश ४ : ९

मेखलाल श्रेष्ठ, ललितकला गुरुङ, सरिता गुरुङ, मनकुमारी गुरुङ, मणिभद्र शर्मा कँडेल, ओमकला गौतम, कुमार खड्का, दोबाटे विश्वकर्मा, कोपिला बोहरा

प्रदेश ५ : १२

बलदेव शर्मा पोखरेल, निर्मला क्षेत्री, रमा अर्याल, वीरबहादुर राना, भुवनेश्वर चौधरी, पुष्पा थरुनी, माला गोतामे सुनार, रुन्धावती दुबे, अर्जुनकुमार श्रेष्ठ, रिना विक, सूर्यमति उपाध्याय, याकुब अन्सारी

प्रदेश ६ : ५

यज्ञबहादुर बिसी, हिमबहादुर शाही, अमृता शाही, दीनबन्धु श्रेष्ठ, झोवा विक

प्रदेश ७ : ८

गोविन्द बोहरा, देवराज पाठक, दिव्यश्वरी शाह, अम्बीकुमारी थापा, उमा वादी, श्यामला राना, कुमारीनन्द बम, टेकबहादुर रैका