नोकरीमा पदोन्नति र व्यापारमा उन्नतिको लागि बिहीबार यी उपाय गर्नुहोस् | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८१, आइतबार

नोकरीमा पदोन्नति र व्यापारमा उन्नतिको लागि बिहीबार यी उपाय गर्नुहोस्

एजेन्सी, १२ फागुन । हिन्दू क्यालेन्डर अनुसार, हप्ताको प्रत्येक दिन कुनै न कुनै देवतालाई समर्पित गरिन्छ । त्यस्तै बिहीबार भगवान विष्णु र गुरु बृहस्पतिसँग सम्बन्धित छ । बिहीबार भगवान विष्णुको विधिवत पूजा–आराधना गरी व्रत बस्दा शुभ फल मिल्ने र सबै प्रकारका संकटबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ । अर्कोतर्फ ज्योतिष शास्त्रका अनुसार कुण्डलीमा बृहस्पतिको स्थिति कमजोर हुँदा बिहीबारको दिन केही विशेष उपाय अपनाउनु पर्दछ । यी उपाय गर्नाले व्यक्तिलाई धन–वैभव, सुख–शान्ति, ऐश्वर्य–समृद्धि प्राप्त हुन्छ । बिहीबारको दिन कुन–कुन शुभ उपाय अपनाउनु पर्छ जान्नुहोस्।

बिहीबार गर्नुहोस् यो विशेष उपाय

समृद्धिको लागि
बिहीबार केराको रुखको पूजा गर्नु शुभ मानिन्छ । किनकी केराको रुखमा भगवान विष्णु र बृहस्पतिको वास हुन्छ । यस्तो अवस्थामा बिहीबार जल अर्पण गर्नुका साथै चनाको दाल र गुड़ चढाउनुपर्छ । यसो गर्नाले छिटो वैवाहिक सुख र समृद्धि प्राप्त हुनेछ।

व्यापारमा लाभ
व्यवसायमा लाभ वा काममा उन्नति चाहनुहुन्छ भने बिहीबारको दिन मन्दिरमा बेसारको माला चढाउनुहोस् र यस दिन पहेँलो रङको कपडा पनि धारण गर्नुहोस् । यसको साथमा निधारमा बेसारको टिका लगाउनुहोस् । यसो गर्नाले कुण्डलीमा बृहस्पतिको स्थिति बलियो हुन्छ।

पदोन्नति को लागी
लगातारको मिहिनेत गर्दा पनि न जागिरमा बढुवा पाइरहेको छ न त तलब बढिरहेको छ भने बिहीबार पहेँलो कपडा लगाउनुस् । यसका साथै भगवान विष्णुको पूजा गर्नुका साथै सफा कपडामा पहेँलो रंगको फूल, नरिवल, पहेँलो फल, बेसार, अलिकति नुन बाँधेर राख्नुपर्छ । त्यसपछि कसैलाई केही नभनी मन्दिरको पाइलामा राखिदिनुहोस्।

गुरु दोषबाट मुक्ति पाउन
यदि कुंडलीमा गुरु दोष छ भने बिहीबारको दिन नुहाउने पानीमा एक चिम्टी बेसार मिसाएर नुहाउनु पर्छ । यसका साथै स्नान गर्दा ‘ओम नमो भगवते वासुदेवाय’ जप गरिरहनुहोस्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);