काठमाडौं, ११ फागुन । कर्णालीमा एक प्रहरी जवानले आफैले कन्चेटमा गोली हानी आत्महत्या गरेका छन् । गए राति करिब ३ बजे ड्युटीमा बसिरहेको प्रहरी जवान कबिन्द्र बिकले एसएलआरबाट दाहिने साईडको कन्चटमा गोली हानी आत्महत्या गरेका हुन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार बिकको दरबन्दी कालिकोटको प्रहरी चौकी सुकाटियामा थियो । २०७४को प्रहरीमा भर्ना भएका बिकको जागिर अवधि ५ वर्ष ३ महिना पुगेको थियो ।
घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षकको टोली खटिएको छ ।




