लमही–घारोही–तुलसीपुर सडकखण्डको निर्माण कार्य ढिलाई हुनुको कारण संसदलाई जानकारी गराउन माग | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार

लमही–घारोही–तुलसीपुर सडकखण्डको निर्माण कार्य ढिलाई हुनुको कारण संसदलाई जानकारी गराउन माग

काठमाडौं । नेपाली काँग्रेसका सांसद दिपक गिरीले दाङस्थित लमही–घारोही–तुलसीपुर सडकखण्डको निर्माण कार्यमा ढिलाई भईरहेकोमा आपत्ति जनाउनु भएको छ ।

चार वर्षदेखि बनाउन सुरु गरिएको सो सडकखण्डमा दुर्घटनामा परी करिव २२ जनाले ज्यान गुमाउँदा पनि त्यसको निर्माण कार्य सम्पन्न गर्न सरकारले चासो नदिएकोमा उहाँको आक्रोश थियो । बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद गिरीले सो सडकखण्डको निर्माण कार्य ढिलाई हुनुको कारणबारे संसदलाई जानकारी गराउन पनि सरकारसँग माग गर्नु भयो । उहाँले ३० महिनामा सम्पन्न गर्ने सम्झौंतासहित सुरु गरिएको सो सडक खण्डको निर्माण कार्य ३ पटक म्याद थप गर्दा पनि ९ दशमलव ९ प्रतिशत मात्रै निर्माण भएको उल्लेख गर्दै यस्तो लाजमर्दो अवस्था आउन नदिन नेपाल सरकार र सम्बन्धित निकाय गम्भिर बन्नुपर्ने पनि बताउनु भयो । सांसद गिरीले सरकारले सांसदहरुले संसदको विशेष समय र शुन्य समयमा उठाएर प्रश्नको उचित जवाफ हालसम्म नदिएकोभन्दै दुखेसो समेत व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो, ‘दाङमा ३० महिनामा बन्नुपर्ने बाटो आज ४ वर्ष हुँदा पनि नबनेर त्यहाँ करिव त्यो बाटो नबनेको कारणले यो चार वर्षको समयमा करिव २२ जनाको मृत्यु भईसकेको छ । यस्तो डरलाग्दो अवस्था छ सो बाटोको । वर्षामा हिलाम्मे हुने, हिउँदमा धुलो उडने । तर सरकारी निकाय अथवा सडक विभाग अथवा नेपाल सरकार किन मौन छ ? के कारणले छ ? बोल्न बाध्य भएका छौं हामी । यसको बारेमा सभामुखमार्फत् यो गरिमामय सदनलाई जानकारी गराउनु प¥यो । यस्ता कुराहरु उठिरहन्छन । त्यो बाटो किन आजसम्म बरिरहेका छैन ? अहिले ४ वर्ष भयो । सुन्दैछु–त्यो आयोजना रद्ध हुँदैछ । अनि त्यसपछि के हुने ? यसबारे नेपाल सरकारले वास्तविक कुरा भन्नु प¥यो । यहाँ सुन्य समयमा धेरै कुराहरु राखिन्छ । तर त्यसको बारेमा केही जवाफ आउँछ ? माननीय सदस्यहरुले आफ्ना गम्भिर कुराहरु प्रस्तुत गर्नु हुन्छ । तर त्यसको उचित जवाफ कहिल्यै नआएको महसुस हामीले गरेका छौं । तसर्थ, त्यो लमही–घारोही–तुलसीपुर सडकको चार लेन बाटो तीन पटक म्याद थपेर पनि त्यो ९ दशमलव ९ प्रतिशत मात्रै त्यो बाटो निर्माण भएको छ । त्यसको बारेमा नेपाल सरकार अथवा सडक विभागले यसको जवाफ दिनुपर्छ भनेर माग गर्दछु ।’

सांसद गिरीले सरकारलाई संसदप्रति जवाफदेही हुन पनि पटक–पटक आग्रह गर्नु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);