नेभरल्याण्ड कन्सर्टले तात्यो दशरथ रंगशाला | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

नेभरल्याण्ड कन्सर्टले तात्यो दशरथ रंगशाला

काठमाडौं, १० फागुन । ग्याल्पो ल्होसारको अवसर पारेर मंगलवार साँझ दशरथ रंगशालामा कन्सर्ट भएको छ । मंगलवार दशरथ रंगशालामा ‘नेभरल्याण्ड कन्सर्ट’ भएको हो । कन्सर्टमा भारतीय चर्चित गायिका आस्था गिलसहितका अन्य कलाकारको प्रश्तुती रहेको थियो ।

आयोजित कन्सर्टमा उनले आफ्नो चर्चित गीत संगीतबाट दर्शक रिझाएकी हुन् । कार्यक्रममा गायिका गिलले ‘पानी पानी’, ‘कमरिया’, ‘अभि तो पार्टी शुरु हुई’ लगायत आधा दर्जन बढी गीत प्रश्तुत गरेकी थिइन् । दर्शकले भरिभराउ कन्सर्टम गिलको अलवा सृष्टि तवाडे र नेपाली डान्स ग्रुप एभेरष्ट लगायतले प्रश्तुति दिएका थिए ।

अबेर रातीसम्म चलेको कन्सर्टमा भारतीय चर्चित ¥यापर किङ, डिभाइन लगायत थुप्रैले समेत प्रश्तुति राखेका थिए । कन्सर्टमा दर्शकहरुले रमाइलो गरी उफ्रिउफ्रि नाचेर कन्सर्टको मनोरञ्जन लिएका थिए । दर्शकका लागि बेग्लै किसिमको सांगीतिक माहोल मिलोस् भनेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकार समेटेर रंगशालामा कन्सर्ट आयोजना भएको हो । आयोजकले कन्सर्टले सांगीतिक पर्यटन बढाउने उद्देश्य राखेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);