महन्थलाई राष्ट्रपति बनाउन लोसपाले आज देउवालाई भेट्ने | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८१, आइतबार

महन्थलाई राष्ट्रपति बनाउन लोसपाले आज देउवालाई भेट्ने

mahantha thakur

काठमाडौं, १० फागुन । आज लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को शीर्ष नेताको टोलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् । राष्ट्रिय सहमतिय राष्ट्रपतिमा महन्थ ठाकुर उपयुक्त हुने भन्दै देउवासँग लोसपाको टोलीले भेटवार्ता गर्न लागेको हो ।

हिजो लोसपाको शीर्ष नेताको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए । सहमतिय राष्ट्रपतिका लागि ठाकुर उपयुक्त पात्र भएको भन्दै प्रधानमन्त्री दाहाल र ओलीसमक्ष कुरा राखेका थिए ।

सोही विषयमा दुवै नेतासँग सकरात्मक वार्ता भएको लोसपाले प्रतिक्रिया दिएको छ । त्यसैगरी, लोसपाको आज कांग्रेस सभापति देउवासँग बिहान ९ बजे भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । नेकपा माओवादी केन्द्रले गठबन्धनमा भएको सहमति तोडेर राष्ट्रिय सहमतिमा राष्ट्रपतिको अडान लिएपछि दलहरुबीच भावी राष्ट्रपतिका लागि कसरत चलिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);