स्कटल्याण्डले नेपाललाई दियो २१३ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

स्कटल्याण्डले नेपाललाई दियो २१३ रनको लक्ष्य

काठमाडौं, ९ फागुन ।आईसीसी विश्वकप लिग २ अन्तर्गतको नेपाल सिरिजको अन्तिम खेलमा स्कटल्याण्डले नेपाललाई २ सय १३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेकोस्कटल्याण्डले ४६ ओभर १ बलमा अलआउट हुँदै २ सय १२ रन बनायो ।

स्कटल्याण्डका लागि जर्ज मुन्शेले ५० बलमा ६० रनको अर्धशतकीय ईनिङ खेले । मुन्शेले ४६ बलमा ७ चौका र २ छक्काको सहयोगमा अर्धशतक बनाएका हुन् । उनको यो ११ औं एकदिवसीय अन्तराष्ट्रिय अर्धशतक हो ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ४५ रनमा ४ विकेट लिए । करण केसीको नाममा ३ विकेट रहँदा कुशल मल्ल र ललित नारायण राजवंशीले समान १÷१ विकेट लिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);