के सासको दुर्गन्धले रोगको पहिचान हुन्छ ? | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

के सासको दुर्गन्धले रोगको पहिचान हुन्छ ?

एजेन्सी । दाँत र गिजाको रोगपछि मानिसहरू उपचारको लागि दन्त चिकित्सककहाँ जाने तेस्रो ठूलो कारण सास गन्हाउनु हो। श्वासप्रश्वासको यो समस्यालाई चिकित्सकहरूले ‘हलिटोसिस’ नामले चिन्छन् । प्रत्येक गन्धले विभिन्न रोगहरूको बारेमा बताउँछ। जसबाट मानिसलाई कुन रोग लागेको छ भन्ने अनुमान गर्न सकिन्छ ।

सासमा सुगन्ध छ भने आत्मविश्वास बढ्छ, आजको जीवनशैलीको यथार्थ यही हो । सुगन्धित सासले जीवनमा प्रेम र सफलता पनि ल्याउँछ । तर, सासको दुर्गन्धले समस्या मात्र नभई सम्बन्ध टुट्नुका साथै डिप्रेसन, एक्लोपन र मानसिक रोगको सिकार पनि बनाउँछ । सासको दुर्गन्ध लुकाएर राम्रो गन्ध दिने माउथवाश उद्योग विश्वभर करिब ६ सय अर्ब रुपैयाँ बराबरको भएको छ ।

तर, उपचार गर्नुको सट्टा माउथवाशले सासको दुर्गन्ध लुकाएर बेवास्ता गर्नु घातक साबित हुन सक्छ। वैज्ञानिकहरू भन्छन् कि सासको दुर्गन्धले तपाईंको आन्तरिक स्वास्थ्यको अवस्था बताउँछ । तसर्थ, सास गन्हाउनेबारे सचेत रहँदा मृगौला र कलेजो फेल हुनबाट बच्न सकिन्छ। इन्डियन जर्नल अफ डेन्टल साइन्सेजले गरेको अनुसन्धानले भारतको आधा जनसंख्याले सासको दुर्गन्धसँग लडिरहेको देखाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);