राष्ट्रपतिमा माओवादीको समर्थन कसलाई ? | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

राष्ट्रपतिमा माओवादीको समर्थन कसलाई ?

काठमाडौं, ८ फागुन । राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ । अहिलेसम्म सत्तागठबन्धन दलबीच राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्नेमा सहमति जुट्न सकेको छैन् । सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउने अडान लिइरहेको छ भने अर्को सत्तारुढ ठुलो दल नेकपा एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने अडान लिइरहेको छ ।

अर्कोतिर सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले आफूले अघि सारेको उम्मेदवारलाई समर्थन गर्न माओवादीलाई आग्रह गरेको छ । आइतबार कांग्रेस सभापति शेरबहादुर देउवासहितको टोलीले प्रधानमन्त्री एवं माओवादी अध्यक्षलाई भेटेर राष्ट्रपतिमा आफूहरुलाई सघाउँन आग्रह गरे । कांग्रेसको प्रस्तावमा प्रचण्ड सकरात्मक देखिएका स्रोतले जनाएको छ । कांग्रेसको प्रस्तावबारे छलफल गर्न आज माओवादीले पदाधिकारी बैठक बोलाएको छ ।

सत्ताघटक एमालेले पनि राष्ट्रपतिमा उम्मेदवार उठाउने तयारी गरिरहेको छ । नयाँ सरकार गठन हुनुअघि नै माओवादी र एमालेबीच सभामुख र राष्ट्रपति एमालेले पाउने सहमति भइसकेको केपी शर्मा ओलीले हिजो पनि विराटनगर पुुगेर दोहोर्याएका छन् । माओवादीले राष्ट्रपतिमा आफ्नो पार्टीलाई असहयोग गर्ने कुरा त कल्पना बाहिर भएको समेत उनले बताए । यसर्थ एमाले माओवादीसँग भएको सहमतिमा ढुक्क भएको देख्न सकिन्छ । एमालेको सहयोगमा सरकारको नेतृत्व गर्न पाएको माओवादीले राष्ट्रपतिमा कसलाई समर्थन गर्ला । त्यसबारे भने सबैको चासो बढेको छ । तर, माओवादीले भने कसलाई समर्थन गर्ने अहिले सम्म निर्णय गरेको छैन् । भावी राष्ट्रपतिमा संसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र सत्ताको सबैभन्दा ठुलो दल एमालेको दाबी छ । यतिबेला माओवादी निर्णायक शक्ति बनेको छ । माओवादीले राष्ट्रिय सहमतिको अडान लिएसँगै राष्ट्रपति एमालेले पाउने सम्भावना कम रहेको कांग्रेसका नेताहरुको दाबी छ । कांग्रेसबाट राष्ट्रपतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौलाको नाम चर्चामा छ ।

तर,एमालेका नेताहरुले राष्ट्रपति आफूहरुले पाउनुपर्ने र सहमति अनुसार सहयोग नपाए बेइमानी हुने बताउँछन् । यसबारे माओवादी सबैभन्दा जिम्मेवार हुनुपर्ने र एमालेलाई धोका दिए उसैलाई घाटा हुने एमाले नेताहरुको दाबी छ । एमालेभित्र राष्ट्रपति उम्मेदवारको लागि ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य,रामबहादुर थापा, युवराज ज्ञवालीलगायत नेताहरुको नाम बाहिर आएको छ । यी मध्ये कसलाई राष्ट्रपतिको उम्मेदवारमा ओलीले अघि सार्ने हुन त्यो भने मनोनयनपछि मात्रै थाहा हुनेछ । मनोनयन दर्ता अघि गठबन्धनबीच छलफल गरेर मात्रै उम्मेदवार टुंगो लगाउने ओलीले बताएका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);