राष्ट्रपति चुनावमा महिला–महिलाबीच प्रतिस्पर्धा | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

राष्ट्रपति चुनावमा महिला–महिलाबीच प्रतिस्पर्धा

bidhya-lakshmi

काठमाडौं, २३ फागुन । वाम गठबन्धनले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै पुन राष्ट्रपतिमा उम्मेदवार बनाएपछि नेपाली काँग्रेसले पनि कुमारी लक्ष्मी राईलाई उम्मेदवार बनाएको छ । भण्डारीले आफ्नो कार्यकालको अन्तिममा विवादित हुने काम गरेको भन्दै कांग्रेसले चुनौती दिन उम्मेदवार अघि सारेको बताएको छ । यद्यपि, वाम गठबन्धनको बहुमत भएकाले भण्डारी पाँच वर्षे कार्यकालका लागि चुनिने निश्चित छ ।

नेकपा एमालेले बहालावा राष्ट्रपति विद्या भण्डारीलाई एमाले राष्ट्रपतिमा पुनः उम्मेदवार बनाउने निर्णय गरेसँगै नेपाली कांग्रेसले पनि कुमारीलक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । यसले तेस्रो राष्ट्रपति चुनावमा महिला–महिलाबीच प्रतिस्पर्धा हुने सुनिश्चित गरेको छ ।

वाम गठबन्धनका पक्षमा स्पष्ट बहुमत हुने देखिएपनि नेपाली कांग्रेसले राष्ट्रपतिमा एमाले–माओवादी उमेदवार भण्डारीलाई निर्विरोध हुन नदिन राईलाई उठाएको छ । राष्ट्रियसभा सदस्यका लागि अघिल्लो सरकारले गरेको सिफारिस रोकेर एमाले नेतृत्वको सरकार कुरेकाले भण्डारीलाई चुनौती दिएको कांग्रेस नेताहरु बताउँछन् ।

काँग्रेसले हार निश्चित भएपनि उम्मेदवारी फिर्ता नलिने र प्रतिस्पर्धाको राजनीति बचाउने बताएको छ । राष्ट्रपतिमा दोहोरिँदै गर्दा भण्डारीलाई चुनौती दिने कुमारी लक्ष्मी राई पनि भोजपुरकै हुन् ।

नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा सम्मानका साथ लिइने नाम दिवानसिंह राई, बीपी कोइराला नेतृत्वको मन्त्रीपरिषदमा सदस्य थिए । दिवानसिंहकै छोरी कुमारीलक्ष्मी कांग्रेसको तर्फबाट २०७० सालमा सांसद बनेकी थिइन् । राईले संसदको महाअभियोग विशेष समितिमा ज्येष्ठ सदस्यका रुपमा अध्यक्षता ग्रहण गरेकी थिइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);