शिक्षक सङ्घ तनहुँको अध्यक्षमा उपेन्द्र बिष्टको उम्मेदवारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

शिक्षक सङ्घ तनहुँको अध्यक्षमा उपेन्द्र बिष्टको उम्मेदवारी

तनहुँ, ८ फागुन । नेपाल शिक्षक सङ्घ तनहुँको अध्यक्षमा उपेन्द्र बहादुर बिष्टले उम्मेदवारी दिने घोषणा गरेका छन् । आम शिक्षकहरूको एकताका लागि आफूले उम्मेदवारी दिन लागेको बिष्टले बताए ।
कुनै समूह र गुट उपगुटमा भन्दा पनि शिक्षकको नेतृत्व शिक्षकले नै गर्नुपर्छ भन्ने अभियानमा आफू केन्द्रीत रहेको विष्ट बताउँछन् ।

संघको नवौं महाधिवेशन आगामी फागुन २०–२४ गतेसम्म दमौलीमा हुँदैछ । विष्ट अहिले भानु नगरपालिका–२ नारेश्वटारस्थित स्थित श्री होमराज लोहनी सारदा शिक्षा सदन माध्यमिक विद्यालयमा कार्यरत छन् ।

२०४८ सालदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रुपमा लागेका भानु नगरपालिका भकुन्थोकका स्थानीय बिष्ट सो क्षेत्रमा नेपाल तरुण दलको १५ वर्षसम्म नेतृत्व सम्हालेका थिए । उनी शिक्षक संघमा पुराना विशिष्ट सदस्य समेत हुन् । भानु नगरपालिकाका शिक्षकसंघ निवर्तमान अध्यक्षसमेत रहेका विष्ट तनहुँ क्षेत्र नं १ को पूर्व शिक्षक संघको अध्यक्ष हुन् । विभिन्न पदमा रहि निरन्तर सक्रिय रहेको अबको जिल्ला नेतृत्व आफूले पाउनुपर्ने उनको दावी छ । लामो समयदेखि शिक्षण पेसामा रही योगदान पुर्याएको भन्दै आफुले जित्नेमा ढुक्क भएको शिक्षक बिष्ट बताउँछन् । संघको फागनु २० गते मनोनयन दर्ता र २४ गते मतदान कार्यक्रम रहेको छ । करिब २२ सय मतदाता रहेका छन् ।

यस्ता छन् प्रतिबद्धता

शिक्षक तथा कर्मचारी कल्याणकारी कोषलाई राष्ट्रिय रुपमा लागु गराउने

विद्यालय सहयोगी,स।का, विद्यालय सहायक, प्राथमिक, निम्न माध्यमिक माध्यमिक तथा साविक उच्च माध्यमिक राहत शिक्षकहरुलाई उमेरको हदबन्दी नलगाई स्थायी प्रतिस्पर्धामा सहभागी

गराउने तथा असफल हुनेलाई उचित रकमको व्यवस्था गर्ने

शिक्षकको १०–१० वर्षमा आवधिक बढुवाको व्यवस्था मिलाउने

शिक्षकको सम्पुर्ण अस्थायी सेवाको गणना गरी निवृत्तिभरणको व्यवस्था मिलाउने

शिक्षण पेशालाई उच्च र मर्यादित बनाउनको लागि आवश्यक हरेक प्रक्रियाहरु अगााडी बढाउने

यस अगाडि नै जिल्ला अध्यक्षमा रमेशबाबु भट्टराई, भरत काफ्ले, ओजराज बगाले, रसामाया गुरुङ, नरेन्द्र न्यौपाने, चन्द्रमणि कोइराला, ज्ञानेन्द्र न्यौपाने लगायतले उम्मेदवारी दिने घोषणा गरेका छन् । यद्यपी उनीहरूको उम्मेदवारी पदाधिकारीमा जाने वा अन्तिमसम्म आफै उठ्ने, कसलाई जिताउने र आफू कुन पदमा जाने भन्ने कुराको सौदावाजी रहेको विश्लेषण गरिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);