काठमाडौं, ५ फागुन । सत्तारुढ दल नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको नवनिर्वाचित पदाधिकारीले आजै शपथ लिने कार्यक्रम रहेको छ । तीन दिन सम्म चलेको अनेरास्ववियुको २३औं महाधिवेशनबाट अध्यक्षमा समिक बडाल र महासचिवमा नरेश रोकाया निर्वाचित भएका छन्।
नवनिर्वाचित कमिटीलाई आज दिउँसो ३ बजे नेकपा एमालेको पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले शपथ गराउने जनाइएको छ । शपथपछि नयाँ कमिटिको पहिलो बैठक आजै पार्टी कार्यालयमा बस्नेछ ।
उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट, महासचिवमा नरेश रोकाय निर्वाचित भएका छन् भने कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन्।
सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, दीपेश प्रसाईँ, प्रकाश पौडेल, अञ्जना शिवाकोटी, दीपक धामी, आरती भट्टराई र विनिता काफ्ले विजयी भएका छन्। कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएका छन् । १५ सय १७ जना मतदाताले निर्वाचनका लागि मतदान गरेका थिए ।