आरसी र मोतीलाई पराजित गर्दै अनेरास्ववियुको अध्यक्षमा बडाल विजयी | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

आरसी र मोतीलाई पराजित गर्दै अनेरास्ववियुको अध्यक्षमा बडाल विजयी

काठमाडौं, ५ फागुन । सत्तारुढ दल नेकपा (एमाले) निकट अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन्।

प्रज्ञा भवनमा जारी २३औं राष्ट्रिय महाधिवेशनमा बिहीबार भएको निर्वाचनबाट अध्यक्षमा बडाल विजयी भएका हुन्। उनी निवर्तमान महासचिव पनि हुन्।

उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट, महासचिवमा नरेश रोकाय निर्वाचित भएका छन्। कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन्।

सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, दीपेश प्रसाईँ, प्रकाश पौडेल, अञ्जना शिवाकोटी, दीपक धामी, आरती भट्टराई र विनिता काफ्ले विजयी भएका छन्।

अध्यक्षका लागि बडालसहित आरसी लामिछाने र मोति विक पनि प्रतिस्पर्धामा थिए ।

Leave a Reply