त्रिपुरामा विधानसभा चुनावका लागि मतदान सुरु | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

त्रिपुरामा विधानसभा चुनावका लागि मतदान सुरु

काठमाडौं, ४ फागुन । भारतको त्रिपुरामा ६० सिट विधानसभाको लागि प्रत्यक्ष मतदान सुरु भएको छ । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न निर्वाचन आयोगले व्यापक तयारी गरेको छ । कडा सुरक्षाबीच आज बिहान ७ बजेदेखि तीन हजार ३३७ मतदान केन्द्रमा मतदान सुरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ ।

चुनावमा मुख्य उम्मेदवारहरू बीजेपी, आईपीएफटी गठबन्धन, सीपीआई (एम), कांग्रेस गठबन्धन र उत्तरपूर्वी राज्यको पूर्व शाही परिवारका सन्तानहरूले गठन गरेको क्षेत्रीय पार्टी टिप्रा मोथा हुन्। मतदानका लागि लामो लाइन लागेको छ ।

२०१८ को पछिल्लो चुनावमा सत्तारुढ भाजपाले ३६ सीट जितेको थियो। पार्टीले ४३ दशमलव ५९ प्रतिशत मत ल्याएर सरकार बनाएको हो । सीपीआई (एम) ले ४२.२२ प्रतिशत मतको साथ १६ सिट जितेको थियो भने आईपीएफटीले आठ सिट जित्दा कांग्रेसले खाता पनि खोल्न सकेन।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);