समयमै पहिचान गर्न सके बालबालिकामा हुने क्यान्सरको उपचार सम्भव | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

समयमै पहिचान गर्न सके बालबालिकामा हुने क्यान्सरको उपचार सम्भव

काठमाडौं । समयमै पहिचान गर्न सकेमा बालबालिकामा हुने क्यान्सरको उपचार सम्भव भएको चिकित्सकहरुले बताएका छन् ।

बुधवार अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर बिरुद्धको दिवसको अवसरमा ललितपुरमा भएको कार्यक्रममा बोल्दै चिकित्सकहरुले बालबालिकामा हुने क्यान्सरको समयमै पहिचान गर्न सकेमा उपचार सम्भव हुने बताएका हुन् । पाटन अस्पतालका विभागिय प्रमुख प्रा.डा. गणेशप्रसाद साहले बालबालिकामा भएको क्यान्सरको संक्रमण छिटोभन्दा छिटो पहिचान हुन सकेमा उपचार सम्भव भएको बताउनुभएको हो । यद्यपी उपचार भने निकै महंगो भएकोले चुनौति रहेको बताउनु भयो । बालबालिकामा हुने क्यान्सरको स्क्रिनिङ सिस्टम नहुनु पनि चुनौतिको विषय भएको उहाँले बताउनु भयो ।

पाटन अस्पतालका निर्देशक रवि शाक्यले बालबालिकामा हुने क्यान्सरको बारेमा सचेतना दिनु आवश्यक रहेको बताउनु भयो । उहाँले विश्वका अन्य देशसरह नेपालमा पनि क्यान्सर पीडितलाई हेरचाह गर्न सकिने बताउनु भयो । नेपालमा परिक्षण गर्नका लागि चुनौति रहेको उहाँले उल्लेख गर्नुभयो । संघदेखि प्रदेश सरकारले पनि क्यान्सरजस्ता दीर्घ रोगको उपचारमा आर्थिक सहयोग गर्ने गरेको पनि उहाँले बताउनु भयो ।

पाटन अस्पतालले हालसम्म ५० जना भन्दा बढी बालबालिकाको क्यान्सर सम्बन्धि उपचार गरिरहेको बताएको छ । आफ्नो सन्तानको क्यान्सर सम्बन्धी उपचार गराइ रहेका अभिभावकहरुले आफ्नो सन्तानले क्यान्सरलाई जित्ने विश्वास व्यक्त गरिरहेका छन् ।

पाटन अस्पतालमा उपचाररत बालबालिकाहरुलाई विभिन्न संघसंस्था तथा व्यक्तिहरुको समेत सहयोगमा उपचार भइरहेको जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);