काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनीयनको २३औं राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सम्बोधन सुरु भएको छ ।
काठमाडौंको प्रज्ञा भवनमा मंगलबारबाट सूरु भएको महाधिवेशनको उत्घाटन गर्न पुग्नुभएका ओलीले अहिले सम्बाधन गर्दै हुनुहुन्छ ।
युवाहरुले भरिभराउँ हलमा ओलीको प्रवेश सँगै ‘आइ लभ यू केपी बा’ को नारा घन्कीएको थियो ।
सम्बोधन गर्ने क्रममा ओलीले पहिला ‘आइ लभ यू केपी बा’ भन्नेलाई धन्यवाद दिनुभएको थियो ।
सँगै युवाहरुलाई सम्बोधन गर्दै उहाँले ‘आइ लभ यू’ ‘ह्याप्पी भ्यालेन्टाइन् डे’ भन्दा युवाहरुको हुटिङ आएको थियो ।




