‘जनयुद्ध दिवस’ आज, सरकारले दियो सार्वजनिक विदा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३० २०८१, शुक्रबार

‘जनयुद्ध दिवस’ आज, सरकारले दियो सार्वजनिक विदा

काठमाडौं, १ फागुन । सरकारले आज ‘जनयुद्ध दिवस’ को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय लिएको हो । प्रधानमन्त्री प्रचण्डले आफू सरकारको नेतृत्वमा रहँदा ‘जनयुद्ध दिवस’ को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।

प्रचण्ड आफैले नेतृत्व गरी १७ हजारभन्दा बढीको ज्यान जानेगरी भएको हिंसात्मक गतिविधिको सुरुवाती दिन हो फागुन १ । २०५२ फागुन १ बाट सुरु भएको माओवादी गतिविधिबाट प्रचण्ड सत्तासम्म पुग्न सफल भए ।
माओवादी गतिविधिलाई अझै धेरैले हिंसा भन्ने गरेका छन् । तर, प्रचण्डले यसैको बलमा गणतन्त्र, संघीयता र धर्मनीरपेक्ष ल्याउन सफल भएकाले दिवसकै रुपमा माओवादीहरु मनाउने गर्छन् ।

राज्यबाट सार्वजनिक विदा पनि विगतमा माओवादी नेतृत्वको सरकार हुँदा घोषणा हुने गर्दथ्यो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);