सिहदरवार भित्रै कानुनकोे अवज्ञा ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

सिहदरवार भित्रै कानुनकोे अवज्ञा ( भिडियो रिपोर्ट )

काठमाडौँ, माघ २७  \ माउन्टेन टेलिभिजन एचडी।  संहदरबार भित्र शतप्रतिशत विद्युतीय ऊर्जाको प्रयोग गर्ने विषय चर्चामा त आयो तर अझैपनि ग्याँसको सिलिण्डर देख्न सकिन्छ । क्यान्टिन देखि कार्यालयहरुसम्म अझै ग्याँसको प्रयोग चलिरहेको छ। यसबाट सिंहदरबारमा पूर्ण विद्युतीय ऊर्जाको प्रयोग कुरा मात्र भएको छ। देश लोडसेडिङ्गमुक्त भएपछि सिंहदरबारबाटै विद्युतको पूर्ण प्रयोगको विषय आयो । योसँगै विद्युतको महशुल घटाएर घर घरमा ग्याँस सिलिण्डर राख्नुनपर्ने अवस्था ल्याउने सम्मको योजनाहरु पनि बने । तर, सिंहदरबारभित्रै कार्यान्वयनमा नआएको विषय दुरदराजसम्म कहिले आउलान् ?

सिंहदरबारभित्र ग्याँस सिलिण्डरको प्रयोग नगर्ने विषय हुँदाहुँदै कार्यान्वयन नभएकोबारे सोध्दा सम्बन्धित निकायका कोहीपनि बोल्न तयार भएनन् ।

त्यसो त सिंहदरबारमा मेलम्चीको पानी छेलोफेलो पार्ने कुरा पनि धेरै भए । केही दिनअघि पानी वितरण गर्न खोज्दा पाइपमा समस्या आएको थियो । त्यसपछि पुनः मेलम्चीको पानी सिंहदरबारभित्र पु¥याउन खोजियो । मेलम्चीको पानी सिंहदरबारमा २४ घण्टै वितरण भइसकेको चर्चा त चल्यो तर कार्यान्वयनमा अझै आएको पाइएन । सिंहदरबारभित्र बोरिङ्गको पानी पनि चलाइएको देखिन्छ । पिउनका लागि जारको पानी चलि नै रहेको छ ।सबै मन्त्रालयमा जार र बोतलको

पानी खरिद गर्दा वर्षेनी करोडौंको रुपैयाँ सरकारी ढुकुटीबाट गइरहेको छ ।

मेलम्चीको पानी सिंहदरबारभित्रै पुग्न ढिलाई गरिनुले पनि प्रशासनिक र प्राविधिक ढिलासुस्ती छर्लङ्ग हुन्छ । अर्कोतर्फ, देशमा लोकप्रीय हुने कुराहरु धेरै हुने र काम भने नहुने प्रवृत्ति समस्या नै बनिरहेको छ । यस्ता प्रवृत्ति सिंहदरबारभित्र उत्तिकै हावी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);