संसद भवन भित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्न सुवाष नेम्वाङको प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

संसद भवन भित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्न सुवाष नेम्वाङको प्रस्ताव

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वसभामुख सुवाष नेम्वाङले संघीय संसद भवन भित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्नुपर्ने प्रस्ताव गर्नु भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा उहाँले सो प्रस्ताव राख्नु भएको हो । संसद भवनको मूलगेटमा पत्रकारहरु बन्दुक तेस्र्याए जसरी क्यामेरा तेस्र्याएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि नियमनै बनाएर सो कक्ष बनाउन उपयुक्त हुने उपाध्यक्ष नेम्वाङको तर्क थियो ।

उहाँले सो कक्ष दलका नेताहरु, सांसदहरु र संघीय संसद सचिवालयका पदाधिकारीहरुलाई पत्रकार भेटघाटका लागि पनि सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

उपाध्यक्ष नेम्वाङ पत्रकारहरुले संसदको मूलगेटमा दौडिएर नेताहरुको प्रतिक्रिया लिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने पनि बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);