न्युनतम साझा कार्यक्रमलाई कार्यान्वयन गर्न मन्त्रालयले बनाएका कार्ययोजनालाई एकीकृत रुप दिइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

न्युनतम साझा कार्यक्रमलाई कार्यान्वयन गर्न मन्त्रालयले बनाएका कार्ययोजनालाई एकीकृत रुप दिइयो

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मन्त्रालयहरुले बनाएका कार्ययोजनालाई एकीकृत रुप दिएको छ ।

मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रपिरिषद् कार्यालयमा बसेको मन्त्रालयस्तरी बैठकपछि प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयहरुले बनाएको कार्ययोजनालाई एकीकृत रुप दिएको हो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले ल्याएको न्युनतम साझा कार्यक्रमको पूर्ण कार्यान्वयन गर्न सबै मन्त्रालयहरुलाई आफ्नो आफ्नो मन्त्रालयका कार्ययोजना बनाएर प्रश्तुत गर्न निर्देशन दिनुभएको थियो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले न्युनतम साझा कार्यक्रमलाई कार्यान्वन गर्न र नतिजामुखी बनाउन प्रधानमन्त्रीले दिएको निर्देशन बमोजिम सबै मन्त्रालयहरुले आफ्नो आफ्नो कार्ययोजना प्रश्तुत गरेको र त्यसलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले एकीकृत रुप दिएको बताउनु भयो । उहाँले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलयले सबै मन्त्रालयलाई सरकारको एकीकृत कार्ययोजनाका बारेमा जानकारी दिएको समेत बताउनु भयो । उहाँले एकीकृत कार्ययोजनामा अन्तरमन्त्रालयसँग सम्बन्धित धेरै विषयहरु रहेकाले सबैको साझा बुझाइका बारेमा जानकारी गराइएको बताउनु भयो ।

मन्त्री पौड्यालले सरकारको डेलिभरीको समग्र प्रक्रिया नै झन्झटिलो रहेको भन्दै झन्झटिलो प्रक्रिया र अन्तरमन्त्रालयको समन्वयमा त्यसलाई सुधार गर्न सकिने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);