काठमाडौं, २३ माघ । सन्तोषी श्रेष्ठले ५ हजार मिटर महिला दौडमा स्वर्ण पदक जितेकी छिन् । बागमती प्रदेशकी श्रेष्ठले गोल्डेन एथलेटिक्स मिट अन्तर्गत ५ हजार मिटर महिला दौडमा स्वर्ण पदक जितेकी हुन् ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार नेपाल पुलिस क्लबकी राममाया बुढालाई पछि पार्दै निर्धारित दुरी १७ मिनेट ०७.९ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् ।
उनले यसअघि गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुदमा समेत स्वर्ण जितेकी थिइन् । रजत जितेकी बुढाले १८ मिनेट ४४.३ सेकेन्डमा दौड पूरा गरेकी थिइन् ।