काठमाडौं, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री भइ आईतवार राजिनामा बुझाएका सांसदहरुले आज पत्रकार सम्मेलन गर्दैछन् ।
तीन सांसदहरुले आज दिउँसो ३ बजे पार्टी केन्द्रिय कार्यालय वसुन्धारामा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
पत्रकार सम्मेलनमा आफूले मन्त्रालय सम्हालेको कार्यकालका उपलब्धिहरुका बारेमा जानकारी गराइने बताइएको छ ।
हिजो राष्ट्रिय स्वतन्त्र पार्टी सरकारलाई समर्थन दिने गरी आफ्ना मन्त्रीहरु फिर्ता बोलाएको छ । स्वास्थ्य राज्यमन्त्री डा कार्की, श्रम रोजगार मन्त्री डोलप्रसाद अर्याल र शिक्षामन्त्री शिशिर खनालले आइतबार नै प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका छन् ।