माओवादी केन्द्रको स्थायी समिति बैठक सरेको सरै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

माओवादी केन्द्रको स्थायी समिति बैठक सरेको सरै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक फेरि सरेको छ ।

शुक्रबार दिउँसो तीन बजेको लागि बोलाइएको बैठक प्रधानमन्त्रीको व्यस्थताका कारण भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो । बिहीबार बोलाइएको बैठक एजेन्डामै प्रवेश नगरी स्थगित भएको थियो । १२ माघदेखि सुरु भएको स्थायी समिति बैठक पटक–पटक बस्दै, सर्दै आईरहेको छ ।

यसअघि बिहीबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनेदेखि सरकारबाटै बाहिरिनेसम्मको परिस्थिति बनेको बताउनु भएको थियो । गृह मन्त्रालय नपाउने भएपछि रास्वपा सरकारसँग चिढिएको छ ।

प्रचण्डले रविको मुद्दा टुंगो नलागेसम्म गृह मन्त्रालयमा फर्काउन नसकिने अडान लिँदै आउनु भएको छ । बैठकले पार्टी एकता, नेताहरुको कार्यविभाजन लगायतका बिषयमा निर्णय लिने बताइको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);