मेरो मन कहिल्यै बुढो हुँदैनः राजेश हमाल | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८०, शुक्रबार

मेरो मन कहिल्यै बुढो हुँदैनः राजेश हमाल

काठमाडौं । म्युजिकल फिल्म गल्ली सार्वजनिक भएको छ ।

आईतवार काठमाडौंमा एक कार्यक्रमबीच म्युजिकल फिल्म गल्ली सार्वजनिक भएको हो । १० मिनेट ३५ सेकेण्डको म्युजिकल फिल्म गल्लीको सार्वजनिक कार्यक्रममा बोल्दै महानायक राजेश हमालले कुनैपनि कला पस्किँदा एउटा व्यक्तिको मात्रै श्रेय नहुने बताउनु भयो ।

उहाँले आफूले पनि मन बुढो भएन भन्ने गीत गाउने प्रयास गरेको बताउनु भयो । उहाँले आफ्नो मन बुढो हुने कुरै नभएको भन्दै गीत भने प्रकाश सुवेदीप्रति प्रेरित भएर रचना गरेको बताउनु भयो । सो अवसरमा उहाँले आफ्नो गीत आएर सुनाउनुभएको थियो । उहाँले कलाकार जितु नेपालको चलचित्र ह्यारी की प्यारी अहिले आइरहेको र चलचित्रमा नेपाल हिरोको रोलमा रहेको भन्दै अलि अघि हिरो बनेको भए आफू पत्तासाफ हुने भन्दै ठट्टा गर्नुभयो । त्यस्तै कार्यक्रममा अभिनेता जितु नेपालले शुक्रवारबाट चलचित्र ह्यारी की प्यारी हलहरुमा प्रदर्शन हुने भन्दै चलचत्रिमा आफू र अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाहको प्रेम कहानीको उत्तारचढाव रहेकाले सबेले हेरेर साथ दिन आग्रह गर्नुभयो ।

गीतमा स्वर यश कुमार र मेचु धिमालको रहेको छ भने गीतको भिडियोमा रेस्मा घिमिरे, यश कुमार, राजेश घतनी लगायतका कलाकाको अभिनय रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);