‘ह्यारी की प्यारी’ आजदेखि हलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

‘ह्यारी की प्यारी’ आजदेखि हलमा

काठमाडौं, २० माघ । नेपाली चलचित्र ह्यारी की प्यारी आजदेखि प्रदर्शनमा आएको छ । चलचित्रमा जितु नेपाल र साम्राज्ञीराज्यलक्ष्मी शाहको मुख्य भुमिका रहेको छ । चलचित्र ह्यारी की प्यारीमा अभिनेता नेपाल, अभिनेत्री शाहसहित विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय रहेको छ । सिनेमामा अभिनेत्री रेखा थापाको विशेष भुमिका रहेको छ ।

डा. कपिल रिजालको प्रश्तुति रहेको सिनेमामा रिजाल स्वयंमको कथा तथा निर्देशन, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यु निरवीले लेखेका हुन् ।
दन्त चिकित्सक डा. कपिल रिजालले यही सिनेमाबाट निर्देशनमा डेब्यु गर्नुभएको हो ।

सिनेमामा डा. भोला रिजालको गीत र रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालको छायांकन गरेको सिनेमालाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);