भैंसीको बोसोबाट घिउः फूलतारा डेरी उद्योगका ४ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

भैंसीको बोसोबाट घिउः फूलतारा डेरी उद्योगका ४ जना पक्राउ

ghee

काठमाडौं,१८ माघ । रौतहटको गौर नगरपालिका–५ स्थित फूलतारा डेरी उद्योगबाट पशुको बोसो मिसाइएको घिउ प्रहरीले बरामद गरेको छ । उक्त उद्योगबाट भैँसीसहित विभिन्न पशुको बोसोलाई मेसिनको मद्दतबाट घिउ बनाउन तयार पारिएका अखाद्यवस्तुहरू ठूलो परिमाणमा बरामद गरेको हो ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले मङ्गलबार साँझ फूलतारा डेरी उद्योगमा छापा मारी अखाद्यवस्तु बरामद गरेको हो।

भैँसीसहित विभिन्न पशुको बोसोलाई मेसिनको मद्दतबाट घिउ बनाउन तयार पारिएका अखाद्यवस्तुहरू ठूलो परिमाणमा बरामद गरेको प्रहरीले जनाएको छ । डेरीका सञ्चालक राजपुर नगरपालिका–१, भगवानपुर बस्ने हाल आफ्नै घरमा डेरी सञ्चालन गरेका मोहम्मद मतिउल्लाह, त्यहाँ कार्यरत दुई जना कामदार र एक महिलालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);