काठमाडौं । पद्मा गुप्र अन्तरगत माउन्टेन टेलिभिजनको मध्य क्षेत्र क्षेत्रिय प्रशारण विरगञ्जबाट प्रशारण सुरु भएको छ । पद्मा मिडिया नेटवर्कका अध्यक्ष राजुप्रसाद कँडेलले क्षेत्रिय प्रशारणको उदघाटन गर्नुभएको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै नेटवर्कका अध्यक्ष कँडेलले काठमाण्डौबाट प्रशारण हुनेवितिकै राष्ट्रिय च्यानल नहुने अवधारणा सहित देशका विभिन्न क्षेत्रमा प्रशारण केन्द्र स्थापना गर्न लागेको बताउनुभयो ।
मध्य क्षेत्रका स्थानिय समाचारका साथै आर्थिक, सामाजिक र धार्मिक गतिविधिलाई प्राथमिकताका साथ प्रशारण गर्ने उदेश्यले मध्य क्षेत्रिय प्रशारण सुरु गरिएको उहाँको भनाई थियो ।
कार्यक्रममा स्थानिय विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सुरक्षा क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
पद्मागुप्रले यसअघि बाँकेको नेपालगञ्ज, कैलालीको धनगढी, धनुषाको जनकपुर र विराटनगरमा क्षेत्रीयप्रशारण केन्द्र सञ्चालनमा ल्याईसकेको छ ।




