काठमाडौं, १७ माघ । धनुषाको प्रहरीको हिरासतबाट पर्खाल फोडेर भाग्ने ६जना मध्ये एकजना पक्राउ परेका छन् । मिथिला गाउँपालिका–६का २८ वर्षीय रोशन महतोलाई प्रहरीले पक्राउ गरेका हुन् । हिरासतबाट भागेर उनी आफन्तको घर कुशुमविछौनामा लुकेर बसेका थिए ।
उनी हातहतियार तथा खरखजना मुद्दामा शुक्रबार पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट भित्ता फोडेर आइतबार राति ६ जना थुनुवा फरार भएका थिए ।