ओडिशाका स्वास्थ्य मन्त्रीको गोली हानी हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ओडिशाका स्वास्थ्य मन्त्रीको गोली हानी हत्या

एजेन्सी । ओडिशाका स्वास्थ्यमन्त्री नवकिशोर दासको आइतबार गोली हानी हत्या गरिएको छ । उनको दिउँसो १ बजे झारसुगुडाको ब्रजराजनगरमा एएसआईले गोली हानेर हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । दासलाई छातीमा दुईवटा गोली लागेपछि उपचारका लागि भुवनेश्वरको एपोलो अस्पतालमा हेलिकप्टर लगिएको थियो । घटनाको करिब ७ घण्टापछि दासको उपचारका क्रममा मृत्यु भएको हो ।

मन्त्री ब्रजराजनगरमा एक कार्यक्रममा सहभागी हुन जाँदै गर्दा उक्त घटना भएको हो । कारको अगाडिको सिटमा बसेका दास आफ्ना समर्थकलाई भेट्न तल ओर्लने बित्तिकै एएसआईले उनको छातीमा दुईवटा गोली हानेका थिए । रगतले लतपतिएको दास गाडी नजिकै खसेका थिए । घटनास्थलमा उपस्थित उनका समर्थकले उनलाई समातेर एम्बुलेन्स बोलाएर अस्पताल पुर्याएका थिए । उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदी र ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले शोक व्यक्त गरेका छन् ।

गोली चलाउने असई गोपालदासलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि सोधपुछ भैरहेको छ तर अहिलेसम्म अभियुक्तले आक्रमणको कारण भने खुलाएका छैनन् । यहाँ, प्रदेश सरकारले घटनाको अनुसन्धान सिआइडी–अपराध शाखालाई जिम्मा दिएको छ । ७ सदस्यीय विशेष अनुसन्धान टोलीमा साइबर, ब्यालेस्टिक र अपराध शाखाका अधिकारीहरु रहेका छन् । टोलीको नेतृत्व डीएसपी रमेश सी डोरा रहेको छ ।
कार्यक्रममा स्वास्थ्यमन्त्री नब दास प्रमुख अतिथि रहेको प्रत्यक्षदर्शी बताएका छन् । मन्त्री आइपुग्दा उनलाई स्वागत गर्न भीड जम्मा भयो । त्यसपछि उनीहरूमाथि कसैले गोली हान्यो । हामीले गोली चलाएर एकजना प्रहरी भागेको देख्यौं।

मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने मन्त्रीमाथि गोली प्रहार गर्ने एएसआई गोपाल दास मानसिक रोगी भएकाले ७–८ वर्षदेखि उपचार गराइरहेका थिए ।
नबा किशोर ओडिशा सरकारका धनी मन्त्रीहरू मध्ये एक थिए। उनको सम्बलपुर, भुवनेश्वर र झारसुगुडाका विभिन्न बैंकहरूमा ४५.१२ लाखभन्दा बढी रकम जम्मा छ। यसबाहेक १.१४ करोडको मर्सिडिज बेन्जसहित १५ करोडभन्दा बढी मूल्यका ७० गाडी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);