काठमाडौं, १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज ३ बजे दिउँसो पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ । सभापति रवि लामिछाने पदमुक्त भएपछिको पहिलो पटक पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी दिन लागिएको हो ।
रास्वपाले आफ्नो भागमा पाएको गृह मन्त्रालय नछाड्ने बुझिएको छ । पार्टीभित्र गृहमन्त्रीमा अर्को कुनै व्यक्ति तोक्न सक्ने तयारी भइरहेको छ ।
लामिछाने आज जिल्ला प्रशासन कार्यालय गएर नेपाली नागरिकता लिने तयारी गरेका छन् । नेपालको संविधान अनुसार गैरसांसद नागरिक ६ महिनाका लागि मन्त्री नियुुक्त हुने व्यवस्था छ ।