फागुन २८ भित्र राष्ट्रपतिको निर्वाचन नभए देशमा अनिष्ट हुन्छः शेखर कोइराला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

फागुन २८ भित्र राष्ट्रपतिको निर्वाचन नभए देशमा अनिष्ट हुन्छः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले फागुन २८ गते अगाडि राष्ट्रपतिको निर्वाचन नभए देशमा अनिष्ट हुने चेतावनी दिनुभएको छ ।

प्रेस युनियन प्रदेश १ को प्रथम अधिवेशनलाई शनिबार विराटनगरमा संवोधन गर्दै कोइरालाले संविधानभन्दा माथि होइन, संविधान मातहत रहने राष्ट्रपति मुलुकलाई आवश्यक रहेको जिकिर गर्नुभयो ।

नागरिकता विधेयक सदनबाट पारित भइसकेको अवस्थामा राष्ट्रपतिले संविधान विपरीत अहिलेसम्म अल्झाएर राखेको भन्दै उहाँले संविधानलाई स्वीकारेर अघि बढ्ने राष्ट्रपति मुलुकका लागि आवश्यक भएको बताउनुभयो । कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिएर अघि बढ्ने नेता कोइरालाको भनाइ थियो । रवि लामिछानेको घटनाले यो देशमा कानुनी राज्य छ भन्ने कुरा प्रमाणित भएकोबाट सबैले पाठ सिक्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।

विज्ञापन दिने संस्था नै धाराशायी भइसकेको अवस्थामा समग्र मिडिया क्षेत्र प्रभावित भएको नेता कोइरालाको भनाइ थियो । उहाँले देशका उद्योगहरू धराशायी हुँदै गएको अवस्था रहेकाले समयमै सचेतना अपनाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो । काँग्रेस देशको ठूलो दल हुँदाहुँदै पनि सरकारमा जानबाट बञ्चित हुनु राजनीतिमा सामान्य घटना हो भन्दै उहाँले काँग्रेसले जुनसुकै बेला सरकार बनाउन सक्ने बतानुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);