कसले भिडियो खिच्यो त्यो हामीलाई जानकारी छैन् : तोसिमा कार्की | ईमाउण्टेन समाचार

Our Network

भदौ २५ २०८३, शुक्रबार

कसले भिडियो खिच्यो त्यो हामीलाई जानकारी छैन् : तोसिमा कार्की

काठमाडौं, १३ माघ । आइसियुका गम्भिर बिरामीलाई अनुमति बिना भेट्न पुगेको भन्दै चर्को आलोचना भइरहेका बेला स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्कीले आफूभित्र भएको मानवतालाई रोक्न नसकेको स्पष्ट पारेकी छिन् ।

डा.कार्कीले आफुले कीर्तिपुर बर्न अस्पतालका प्रमुख डा.शंकरमान श्रेष्ठलाई फोन गरेपछि आफू आत्मदहको प्रयास गरेका प्रेमप्रसाद आचार्यलाई भेट्न अस्पताल पुगेको बताएकी छिन् । कसले, कहाँ, कसरी, किन, कहाँबाट भिडियो खिच्यो त्यो आफूहरुलाई जानकारी नभएको उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेकी छिन् । आफूसँग स्वकिय सचिवमात्र भित्र गएको पनि उनको भनाइ छ ।

उनले लेखेकी छिन्,‘राज्य छैन भनेर आत्मदाह सम्मको प्रयास गरेका यो देशको नागरीकलाई “ऊ चाँडै नै यो संसार छोड्दैछ“ भन्ने थाहा भएरै उनका आँखाहरु सधैँका लागि बन्द हुनु अगावै, उनका बोलि सधैँको लागि रोकिनु अगावै… म उहाँलाई भेट्न पुगेको थिँए, भोलिपल्ट बिहानै उहाँ बित्नुभएछ, धन्न मैले ढिला गरिनछु…….’

उनले आफूलाई दिएको मत र विश्वास माथी आँच आउने काम नगरेको समेत स्पष्ट पारेकी छिन् । आफूविरुद्ध नेपाल मेडिकल काउन्सीलमा उजुरी समेत कसैले दिएको उनले बताएकी छिन् ।

Leave a Reply

ताजा समाचार