कोरोनाबाट चीनमा एक महिनामा ६० हजारको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कोरोनाबाट चीनमा एक महिनामा ६० हजारको मृत्यु

काठमाडौं, १२ माघ । कोरोनाले फेरि विश्वभर आफ्नो खुट्टा फैलाएको छ । चीनको स्वास्थ्य एजेन्सीबाट एउटा चकित पार्ने तथ्यांक सार्वजनिक भएको छ । तथ्याङ्क अनुसार २२ डिसेम्बरमा चीनमा कोरोनाको चरम उत्कर्ष पुगेको थियो ।

यस अवधिमा ७० लाखभन्दा बढी मानिस भाइरसको चपेटामा परेका छन् । यसैबीच, जनवरी ४ मा मृत्युको चरम सीमा आएको थियो, जसमा ४ हजार बिरामीले ज्यान गुमाएका थिए। प्रतिबन्ध सकिएपछि एक महिनामा नै ६० हजार जनाको मृत्यु भएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ ।

भारतमा बुधबार ८८ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् भने एक बिरामीको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हाल देशमा एक हजार ९३४ सक्रिय संक्रमित छन् । महामारी सुरु भएयता देशमा ५ लाखभन्दा बढीको ज्यान गइसकेको छ ।

साथै चार करोडभन्दा बढी मानिसहरु भाइरसबाट संक्रमित भएका छन् । यसैबीच, आज भारतमा स्वदेशी फार्मा कम्पनी भारत बायोटेकले विश्वको पहिलो इन्ट्रानासल कोभिड–१९ भ्याक्सिन सार्वजनिक गर्ने भएको छ। यसको नाम iNCOVACC  हो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);