वसन्त श्रवणको साइत १०ः४७ बजे, नासलचोकमा राष्ट्रपति उपस्थित हुने | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

वसन्त श्रवणको साइत १०ः४७ बजे, नासलचोकमा राष्ट्रपति उपस्थित हुने

rastrapati bhandari-basanta shrawan

काठमाडौं, १२ माघ । आज वसन्त पन्चमी हो। विगतका वर्षमा झै आज पनि काठमाडौंको हनुमान ढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको अनुसार बिहान १०ः४७ बजे साइत रहेको छ । वसन्त श्रवणमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने स्रोतले जनाएको छ ।

वसन्त श्रवणमा कवि जयदेवलेरचना गरेको सरस्वतीसम्बन्धि श्लोक पाठ गर्ने प्रचलन छ । कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य प्रदेशसभा सददस्यहरुको उपस्थिति हुने जनाइएको छ। वसन्त श्रवणमा राजतन्त्र रहिन्जेल राजा जाने र लोकतन्त्र गणतन्त्र स्थापनापछि राष्ट्राध्यक्षको हैसियतले राष्ट्रपति उपस्थित हुने थालेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);