शेखर गुटमै द्वन्द्व, गगनविरुद्ध दोस्रो पुस्ताका नेताको मोर्चाबन्दी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

शेखर गुटमै द्वन्द्व, गगनविरुद्ध दोस्रो पुस्ताका नेताको मोर्चाबन्दी

काठमाडौं, ८ माघ । नेपाली कांग्रेसको शेखर–गगन समुहको छलफल काठमाडौंको बत्तिसपुतलीमा जारी छ । भेलालाई सम्बोधन गर्दै उपसभापति धनराज गुरुङले डा.शेखर कोइरालालाई भावी सभापतिको उम्मेदवार बनाउनुपर्ने धारणा राखेका छन् ।

अनुपम फुडल्याण्डमा आइतबार भएको समीक्षा बैठकमा उपसभापति गुरुङले संसदीय दलको नेतामा उम्मेदवारी दिएका गगन थापालाई रोक्न एउटै व्यक्तिलाई मात्रै नेता मान्नुपर्ने बताएका हुन सक्ने अनुमान गरिएको छ । उनले सभापति बन्न सबैको इच्छा जाग्न सक्छ भन्दै नेताहरुको इच्छालाई बेलैमा लगाम लगाउन खोजेका हुन् । गुरुङले शेखर–गगन समुहभित्रै विभाजनमा विवाद र अविश्वास देखिएपछि गुरुङले नेताहरुको महत्वकांक्षा रोक्न शेखरलाई सभापतिको उम्मेदवार घोषणा गर्न खोजेका हुन् ।

भेलामा कोइराला पक्षका पदाधिकारीहरु उपसभापति धनराज गुरुङ,महामन्त्री गगन थापालगायत शीर्ष नेता, केन्द्रीय सदस्य, सांसदहरु, प्रदेश सभापतिहरु सहभागी छन् ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);